१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१७:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो । अध्यक्ष शर्माले बिहीबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाउने तयारी गरेको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई बैंक सञ्चालकमा नियुक्ति गरेका थिए । सञ्चालकमा कोइरालाको नियुक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि उनलाई बैंकको अध्यक्ष बनाउने प्रक्रियालाई तत्कालका लागि स्थगन गरिएको थियो । अध्यक्षमा शर्माको नियुक्ती भएसँगै सञ्चालक समिति सदस्य कोइरालाले राजीनामा दिएका छन् । 

 चार महिनापछि पदपूर्ति 
  वाणिज्य बैंकका तत्कालीन अध्यक्ष निर्मलहरि अधिकारी राजस्व बोर्डको सदस्य नियुक्त भएपछि सञ्चालक तथा अध्यक्ष पद रिक्त भएको थियो । दैनिक हुने कामकाज अध्यक्षविनै चले पनि महत्वपूर्ण कामका लागि भने अध्यक्ष चाहिने भएकाले बैंक व्यवस्थापनले अध्यक्ष पदपूर्तिका लागि अर्थ मन्त्रालयलाई पटक–पटक आग्रह गरेको थियो ।

माघ दोस्रो साता बैंकको साधारणसभासमेत गरिने तयारी भएकाले अर्थ मन्त्रालयले शर्मालाई अध्यक्ष बनाउन सञ्चालक समितिलाई निर्देशन दिएको थियो । बैंक सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव शर्मासहित प्रा.डा. कोइराला, चार्टर्ड एकाउन्टेन्ट जनककुमार बराल, प्रा.डा. माधवप्रसाद दाहाल, प्रा.डा. राजनबहादुर पौडेल र रोमिला ढकाल उप्रेती रहेका छन् । अर्थ मन्त्रालयको निर्देशनअनुसार नै सञ्चालक समितिले शर्मालाई अध्यक्षमा चयन गरेको हो । शर्मा अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै वाणिज्य बैंकको सञ्चालक बनेका थिए । 

ad
ad