मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २१ मंगलबार १९:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ, संविधानबारे अदालतमै गएर बहस गर्न पनि तयार छु : रामचन्द्र पौडेल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २१ मंगलबार १९:०९:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै अदालतमा गएर बहस गर्न पनि तयार रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपालले राजधानीमा मंगलबार आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रियामा पौडेलले कुनै नेताको महत्वाकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधिसभामाथि रिस पोख्ने तथा प्रतिनिधिसभालाई खेलौना बनाउने प्रवृत्तिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको उनले स्मरण गरे । 

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने विश्वास पनि व्यक्त गरे । कुनै कानुनी तथा संवैधानिक आधारविना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावनाअनुसार नै व्याख्या गरेर प्रतिनिधिसभालाई पुनस्र्थापना गर्ने विश्वस रहेको उनको जिकिर छ । 

उनले प्रतिनिधिसभा विघटनको कदमका विरुद्ध कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताए । देशभरका वडा, पालिका तथा प्रदेशस्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानीकेन्द्रित भएर पनि आउन सक्ने उनले बताए ।