मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २१ मंगलबार १२:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तलब–भत्ताको माग गर्दै स्वास्थ्यकर्मी धर्नामा

Read Time : < 1 मिनेट
२०७७ पौष २१ मंगलबार १२:२१:००

कोरोना संक्रमितको उपचारमा खटिएका सिराहाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरू तलब–भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

कोरोना संक्रमणको जोखिमका वेला उपचारमा खटिएका मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीहरू तलब–भत्ताको माग गर्दै जिल्ला अस्पताल सिराहामा धर्नामा बसेका हुन् । 

सदरमुकाम सिराहाको चन्द्र माध्यमिक विद्यालयको आइसोलेसन, सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको छात्रावास आइसोलेसन र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा खटिएका चिकित्सक र प्राविधिकलाई पाँच महिनाको तलब–भत्ता नदिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एचए ओमप्रभास ठाकुरले बताए ।

उक्त आइसोलेसनहरूमा कार्यरत चिकित्सक र प्राविधिको गत असार महिनादेखि कात्तिकसम्मको तलब–भत्ता भुक्तानी भएको छैन । आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मी र प्राविधिकले तलब–भत्ता र कोभिड–१९ महामारीमा खटिएकोले पुनः नियुक्ति गरिनुपर्ने माग राखेका छन् ।

सिराहा जिल्ला अस्पतालमातहत नौजना मेडिकल अफिसर, एचए, अहेव, स्टाफ नर्स, अनमी, प्रयोगशाला प्राविधिक, स्प्रे प्राविधिक, कार्यालय सहयोगी, ड्राइभर गरी ६६ जनाको तलब–भत्ता, खाना र होटेलमा वास बसेको रकम भुक्तानी हुन सकेको छैन ।

आफूहरूको तलब–भत्ता र पुनः नियुक्तिको माग पूरा नभए जिल्ला अस्पताल ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन्।