नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित आन्दोलन परिचालन कमिटीको सचिवालय विस्तार गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकले परिचालन कमिटीको सहसंयोजकमा स्थायी कमिटी सदस्यहरू योगेश भट्टराई, पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेता भट्टराई केन्द्रीय संघर्ष समितिको प्रवक्ता पनि तोकिएका छन् ।
त्यस्तै, बैठकले प्रदेश, जिल्ला, पालिका र वडास्तरसम्म संघर्ष समिति बनाउने निर्णय पनि गरेको छ । प्रचण्ड–नेपाल समूहले गत १८ मंसिरमा दोस्रो चरणको एकमहिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।