बाक्लो हिमपातका कारण हुम्लास्थित सिमकोट विमानस्थलबाट तारा एयरका दुई विमान उड्न सकेका छैनन् ।
तारा एयरको एउटा जहाजको ब्याट्रीमा सामान्य समस्या भएपछि मर्मतका लागि अर्को जहाज प्राविधिक टोली लिएर आएकाे थियो ।
मर्मत गरी फर्कने वेला आइतबार मौसम खराब भएपछि उडान हुन नसेकको सिमकोट नागरिक विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए ।
उडान हुन नसक्दा नेपालगन्ज ,सुर्खेत र काठमाडौ जाने यात्रु सिमकोटमै रोकिएका छन् ।