Skip This
नेकपाको सांगठनिक कार्य विभाजन गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १९ आइतबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १९ आइतबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाको सांगठनिक कार्य विभाजन गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १९ आइतबार १८:२९:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टीभित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । 

कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरू, केन्द्रीय संगठनहरू, मोर्चा संगठनका पदाधिकारीहरू र सांगठनिक एकीकरणका बाँकी काम सम्पन्न गर्ने अधिकार पाएको छ । पत्रकारहरूलाई बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र सोमबार बस्ने बैठकले कार्यदललाई अन्तिम रूप दिने बताए । 

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सबै नेता–कार्यकर्तालाई अपिल गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा सरकारले प्रतिनिधिसभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि श्रेष्ठले बताए । 

बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरूसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णयसमेत गरेको छ । स्थायी कमिटीको अर्को बैठक सोमबार मध्याह्न १२ बजे बस्ने श्रेष्ठले जानकारी दिए ।