मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
लन्डन
२०७७ पौष १८ शनिबार ०७:५५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

काभानीलाई एक लाख पाउन्ड जरिवाना

Read Time : < 1 मिनेट
लन्डन
२०७७ पौष १८ शनिबार ०७:५५:००

इंग्ल्यान्ड फुटबल एसोसिएसन (इएफए) ले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर एडिसन काभानीलाई एक लाख पाउन्ड जरिवाना तथा तीन खेल प्रतिवन्ध सुनाएको छ । सोसियल मिडियामा काभानीले समर्थकलाई रंगभेदी शब्द र अपशब्द प्रयोग गरेको जनाउँदै इएफएले उनलाई कारवाही गरेको हो । यो निर्णयसँगै काभानीले एस्टोन भिल्लासँगको खेल गुमाउने छन् ।

युनाइटेडले दुई साता भित्र म्यानचेस्टर सिटीविरुद्ध इएफएल कपको सेमिफाइनल तथा एफए कपको तेस्रो चरणमा वाट्फोर्डसँग खेल्दै छ । यी दुवै महत्वपूर्ण खेलमा युनाइटेडले काभानीलाई गुमाउने छ । पछिल्लोखेलमा युनाइेटडले प्रतिस्पर्धात्मक खेलमा साउथ ह्याम्टनविरुद्ध ३–२ ले विजयी भएको थियो । यस खेलसँगै उनले समर्थकहरूको कमेन्ट्स उत्तर दिँदै रंगभेदी शब्द प्रयोग गरेका थिए ।

एफएले १७ डिसेम्बरको पोस्ट नै आधार मानी कारवाही गरिएको जनाएको छ । काभानीले आफूले गरेको कार्यप्रति दुःख व्यक्ति गर्दै माफी माफी गरेका छन् । ‘मैले भुलबस यस्तो लेख्न पुगे, तत्कालै मैले लेख्न नहुने शब्द हटाएँ, यसबाट पर्न गएको असुविधाका लागि क्षमा माग्न चाहन्छु,’ उनले भने । 

युनाइटेडले आफना खेलाडीले इमानदारपूर्वक माफी मागेको जनाएको छ । ‘काभानीले इमानदार खेलाडीको उदाहरण दिँदै नराम्रो शब्द डिलेट गरेका छन्, यसप्रति उनले क्षमा पनि मागेका छन् ।’ काभानीले आफ्नो कारवाहीप्रति आग्रह पत्र लेख्न तयारी गरेको युनाइटेडले जनाएको छ । ‘हामीलाई विश्वास छ, अव बस्ने कमिसनले काभानी प्रति दया देखाउने छ, उसले जानजान रंगभेदी शब्द प्रयोग गरेको जस्तो लाग्दैन ।’ 

इएफएले काभानीले सोसियल मिडियामा प्रयोग गरेका शब्द अपमानजनक भएको बताएको छ । ‘काभानीले एफएको नियमअनुसार इ ३.१ र इ ३ः२ को उल्लंघन गरेको देखियो, यसै आधारमा कारवाही गरिएको हो,’ इएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।