१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

गायिका दावा ग्याल्मोलाई राष्ट्रिय संगीत पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o२:oo

भीमविराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको ‘बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार’ गायिका दावा ग्याल्मोलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलनमार्फत एक लाख रुपैयाँ राशिको राष्ट्रिय पुरस्कार दार्जिलिङकी गायिका ग्याल्मोलाई प्रदान गरिने जानकारी दिएको हो । दार्जिलिङमा रहेर नेपालको कला, संगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका ग्याल्मोलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले बताए ।

करिब चार दशकदेखि निरन्तर संगीत क्षेत्रमा क्रियाशील ग्याल्मोले रात गहिरिँदै, जिन्दगीका मायाहरू, फूलको डालीडालीमा, सहरभित्र केको हल्ला, फूलहरू झरिगए बोट कहिले झरेन, देउरालीकी ठिटीहरू नक्कल पार्न पर्दैनलगायत दर्जनौँ गीत गाएकी छिन् ।

राष्ट्रिय संगीत पुरस्कार मात्र प्रदान गर्दै आएको प्रतिष्ठानले यस वर्षबाट २० हजार राशिको भीमविराग संगीत युवा पुरस्कार पनि प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अनुसार युवा पुरस्कार दक्षिण एसियाकै पहिलो महिलाहरूको सांगीतिक समूह हार्मोनी महिला गायन समूह पोखरालाई प्रदान गरिने भएको छ । 

ad
ad