१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बादलले बालुवाटारमा भने– नेकपाबाट एउटा गुट अलग भएको छ, प्रतिक्रियावादीहरूले  खुसी र उत्सव मनाइरहेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:५५:oo

नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल केपी ओली समूहमा लागेका छन् । बादलले ओली समूहको नेकपाको केन्द्रीय कमिटी बैठकमा सम्बोधनसमेत गरेका छन् । उनले नेकपाबाट एउटा गुट अलग भएको बताउँदै प्रतिक्रियावादीहरूले खुसी र उत्सव मनाइरहेको र जनता दुखित भएको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको उनको तर्क छ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने उनको भनाइ छ । ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुस्मनको जालमा पर्नुभएको छ । पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउनेछ,’ बादलको भनाइ उद्धृत गर्दै ओली समूहका केन्द्रीय सदस्य सूर्य थापाले बताएका छन् । 

थापाका अनुसार बादलले कम्युनिस्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ दिन उपस्थित भएको बताएका छन् । प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने बादलको भनाइ छ ।

ad
ad