१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बुइपा ११ र नमुना च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:३१:oo

तेस्रो जिल्ला फुटबल लिगअन्तर्गत ‘ए’ डिभिजनमा बुइपा ११ स्पोर्टस् क्लब विजेता बनेको छ । ‘बी’ डिभिजनमा नमुना स्पोर्टस् क्लब लफ्याङ च्याम्पियन भएको छ । बुइपाले सर्वाधिक १३ अंक जोडेको हो । जिल्ला फुटबल संघ खोटाङले आयोजना आयोजना गरेको लिगमा बुइपाले प्रदेशस्तरीय लिग खेल्नेछ । लफ्याङ ‘ए’ डिभिजनमा उक्लिएको छ । सिल्मा स्पोर्टस् क्लबको मैदानमा १५ वैशाखबाट भएको लिगमा भगवती स्पोर्टस् क्लब खोटाङबजार रेलिगेसनमा परेको छ । 

जन्तेढुंगा फुटबल क्लब सी डिभिजनमा घटुवा भएको संघका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिएका छन् । ‘ए’ डिभिजनमा बाक्सिला, खारम्बु स्पोर्टस्, भगवती स्पोर्टस्, बुइपा ११, हलेसी फुटबल र सोल्मा स्पोर्टस्ले प्रतिस्पर्धा गरेका छन् । ‘बी’ डिभिजनमा खोटाङ एकेडेमी दिक्तेल, नमुना स्पोर्टस्, नुनथला स्पोर्टस् र जन्तेढुंगाले एक–आपसमा प्रतिस्पर्धा गरेका थिए ।

नमुना स्पोर्टस् र खोटाङ फुटबलले समान पाँच अंक जोडे । तर, गोलअन्तरमा नमुना स्पोर्टस् ‘ए’ डिभिजनमा उक्लिएको हो । ‘ए’ डिभिजन लिग च्याम्पियन बुइपा ११ लाई प्रदेश लिगमा सहभागिता जनाउन ३५ हजार उपलब्ध गराइएको आयोजक जिल्ला फुटबल संघका उपाध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिएका छन् । यसैबीच, आगामी ६ पुसमा ‘सी’ डिभिजन लिगको छनोट खेल हुने भएको छ । 

ad
ad