१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आन्तरिक राजस्वमा सुधार

आयकर १३.६९ प्रतिशतले बढ्यो, भ्याट संकलन १०.५२ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:५८:oo

आन्तरिक राजस्व विभागले उठाउने राजस्वमा सुधार देखिएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको चैतसम्म तीन खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । यो गत आवको नौ महिनाको तुलनामा ९.११ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा विभागले तीन खर्ब ३७ अर्बको राजस्व उठाएको थियो । 

समीक्षा अवधिमा आयकरमा १३.६९ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको चैतसम्म एक खर्ब ५० अर्ब आयकर संकलन भएकोमा यो वर्ष एक खर्ब ७० अर्ब पुगेको छ । त्यस्तै, मूल्यअभिवृद्धि कर (भ्याट) संकलन ८७ अर्ब २० करोड भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ७८ अर्ब ९० करोडको भ्याट उठेको हो । अन्तःशुल्क संकलन भने घटेको छ । चालू आवको चैतसम्म ७२ अर्ब ४१ करोडको अन्तःशुल्क उठेको छ । यो गत आवको भन्दा २.५२ प्रतिशत कम हो । गत आवको सोही अवधिमा ७४ अर्ब २९ करोड संकलन गरेको थियो । 

ब्याज आम्दानीबापत उठाइने करमा १२.५२ प्रतिशतले वृद्धि भएको छ । गत आवको नौ महिनामा २५ अर्ब २१ करोड उठेकोमा यसपालि २८ अर्ब ३७ करोड संकलन भएको छ । शिक्षा सेवा शुल्क ८७.७ प्रतिशतले बढेर दुई अर्ब ३७ करोड संकलन भएको छ भने स्वास्थ्य सेवा करमा ह्रास आएको छ । गत आवमा पाँच अर्ब २५ करोड स्वास्थ्य सेवा कर संकलन भएकोमा घटेर चार अर्ब ९२ करोड उठेको छ । त्यस्तै, घरबहाल करबापत एक अर्ब ७५ करोड संकलन भएको छ ।

ad
ad