मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष ८ बुधबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको धरमघरमा ट्रक दुर्घटना हुँदा सहचालककाे मृत्यु, चालक घाइते 

Read Time : < 1 मिनेट
२०७७ पौष ८ बुधबार १४:२५:००

दोलखाको भीमेश्वर नगरपालिका– ५ धरमघरमा ट्रक दुर्घटना हुँदा सहचालककाे मृत्युको भएकाे छ । दुर्घटनामा चालक घाइते भएका छन्।

नवलपरासीबाट लामोसाँघु–जिरी सडक आयोजनामा निर्माण सामग्री लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार सहचालकको मृत्यु भएको हो । 

ना.७ख ३२६८ नम्बरको ट्रक भीमेश्वर नगरपालिका– ५ धरमघरमा दुर्घटना हुँदा चितवन राप्ती नगरपालिका– ९ रसौली बस्ने अन्दाजी २४ वर्षीय बुद्धिबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ट्रकका चालक ३० वर्षीय अर्जुन बराल घाइते भएका छन् । घाइते बरालको चरिकोट अस्पतालमा उपचार भइरहेको दोलखाकी प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिइन् । 

मृतकको शव पोस्टमार्टमका लागि चरिकोटस्थित शवगृहमा राखिएको छ । उक्त ट्रक चरिकोट–जिरी सडक विस्तार आयोजनाको निर्माण कम्पनी उडहिल लामा जेभीको निर्माण सामग्री बोकेर दोलखा आएको थियो ।