१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लमजुङमा सार्वजनिक यातायातकोे नयाँ भाडादर निर्धारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२३:oo

लमजुङमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्लास्तरीय ग्रामीण अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको भाडादर तोकेको हो । 

समितिको बैठकले ५ पुसदेखि लागू हुने गरी एक सय ३५ स्थानको विभिन्न रूटमा चल्ने गाडीको नयाँ भाडादर निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । नयाँ भाडादरअनुसार बेसीसहर–काठमाडौंको बसको भाडा चार सय र माइक्रोबसको चार सय ६० कायम गरिएको छ ।

बसको बेसीसहर–सुनौलीको पाँच सय ५०, बेसीसहर–वीरगन्जको पाँच सय, बेसीसहर–पोखराको बसको दुई सय ६५ र माइक्रोबसको तीन सय १५ तोकेको छ । 

ad
ad