मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर ३० मंगलबार १०:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डेढ किलोमिटर चट्टान छिचोल्न चारपटक म्याद थप

सिमकोट–हिल्सा सडकखण्ड साढे ६ वर्षदेखि डेढ किलोमिटर चट्टानमै अल्झियो

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ३० मंगलबार १०:१७:००

नयाँ पत्रिका फलोअफ 

कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकखण्ड साढे ६ वर्षसम्म डेढ किलोमिटर चट्टान छिचोल्नमै अल्झिएको छ ।
डेढ किलोमिटर चट्टान छिचोल्न जयन्ती ऐडी जेभीसँग हिल्सा–सिमकोट योजनाले चारपटक म्याद थप गरे पनि हुम्लाको उत्तरी नाका चीनसँग जोड्ने योजना अधुरै रहेको छ ।

कार्यालय र ठेकेदार कम्पनीको मनोमानीका कारण  च्याछहरा सडकखण्ड साढे ६ वर्षसम्म ढिलासुस्ती हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ । च्याछरा सडकखण्ड निर्माणका लागि ०७२ साल मंसिर १० गते हिल्सा–सिमकोट योजना  र  श्री जयन्ती एडी जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तीन करोड ६४ लाख ९५ हजार तीन सय ५६ रुपैयाँ ५९ पैसामा ठेक्का भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयले जनाएको छ ।

लागत अनुमानभन्दा झन्डै एक करोड कम मूल्यमा ठेक्का लिएको निर्माण कम्पनीले साढे ६ वर्षसम्म पनि काम पूरा गर्न सकेको छैन । कार्यालयले ठेकेदारसँग पटकपटक म्याद थप मात्रै गर्ने र ठेकेदारलाई ताकेता नदिँदा वर्षौँदेखि काम अलपत्र परेको छ । 

सिमकोट–हिल्सा सडक खण्डअन्तर्गत नाम्खा गाउँपालिका– २ मा पर्ने च्याछहरा भिरको कडा चट्टानमा ट्रयाक  खोल्न ०७२ साल मसिर १० गते निर्माण कम्पनीसँग सम्झौता भएर ०७४ साल जेठ ९ गते निर्माण सम्पन्न हुने भनिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।