१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ३० मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o७७ मङ्सिर ३० मंगलबार o८:१२:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

अधुरा योजना सम्पन्न गर्न बजेट विनियोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ मङ्सिर ३० मंगलबार o८:१२:oo

कर्णाली प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०७६/७७ को समपूरक र विशेष अनुदानबाट स्थानीय तहहरूमा सञ्चालित अधुरा आयोजनाहरू सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको हो । 

प्रदेश सरकारको समपूरक र विशेष अनुदानबाट स्थानीय तहहरूमा सञ्चालित अधुरा आयोजनाहरूका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शीर्षकबाट २२ करोड ५७ लाख ८५ हजार बजेट विनियोजन गरेको छ । यो बजेट सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

त्यस्तै, प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दैलेखको नारायण नगरपालिका–८ का सर्वराज खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ । मुख्ययमन्त्री समन्वय विज्ञका रूपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीका झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता केसीले बताइन् ।

यसैगरी प्रदेश मन्त्रिपरिषद्को बैठकले सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडासंख्या र सिमाना हेरफेरका लागि संघीय सरकारसमक्ष स्वीकृतिका लागि पठाउने निर्णय भएको छ । 

बैठकले कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सुरक्षा मापदण्ड, कर्णाली प्रदेशको सुरक्षा रणनीति, शान्ति अध्ययन तथा घाइते अपांग पुनस्र्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता केसीले बताइन् ।