१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भैरहवामा कांग्रेसको सरकारविरुद्ध प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o४:oo

कांग्रेसको सरकारविराेधी देशव्यापी प्रदर्शनअनुसार भैरहवा पनि र्‍याली निकालिएको छ । दिउँसो १ बजे भैरहवाको बुद्धचोकबाट प्रदर्शन सुरु भएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

जिल्ला सदरमुकाम भैरहवामा भएको प्रदर्शन नयाँसडक, देवकोटाचोक, नारायणपथ हुँदै पुनः बुद्धचोकमा आएर सभामा परिणत हुने कांग्रेस नेता विशेश्वरप्रसाद बस्यालले बताए । 

सभालाई केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति तथा कांग्रेसका नेता भरत शाहलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । विरोध सभामा भाग लिन रुपन्देही जिल्लाका सबै नेता तथा कार्यकर्ता भैरहवा आएका छन् ।
 

ad
ad