मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर २८ आइतबार ०८:४०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फाइजर भ्याक्सिन र एलर्जी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर २८ आइतबार ०८:४०:००

फाइजर भ्याक्सिन लगाएका बेलायतका केही कोभिड संक्रमितमा एलर्जी देखिएपछि त्यसको साइड इफेक्टबारे थप अनुसन्धान गर्न एफडिएको सुझाब

फाइजर भ्याक्सिन अमेरिकी खाद्य र औषधिसम्बन्धी प्रशासन (एफडिए)द्वारा स्वीकृत भएलगत्तै प्रयोगमा ल्याइने भएको छ । तर, फाइजर बायोन्टेकले निर्माण गरेको खोप पहिलेदेखि एलर्जीको समस्या भएका व्यक्तिका लागि भने चिन्ताको विषय बनेको छ । बेलायतमा एलर्जीको समस्या भएका दुईजना व्यक्तिमा खोप लगाइसकेपछि साइड इफेक्ट देखिएसँगै फाइजर खोपले एलर्जी भएका व्यक्तिहरूमा साइड इफेक्ट देखिने संकेत गरेको हो ।

ती व्यक्तिमा एनाफिलिक्सको समस्या पाइएको थियो । सामान्यतः एनाफिलिक्स हुँदा अचानक सास फेर्न गाह्रो हुने र रक्तचापमा समस्या आउने भएकाले स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । जुन एलर्जी भएका व्यक्तिमा खानेकुरा, औषधि वा अन्य कुनै पदार्थको सम्पर्कमा आउँदा अचानक हुने गर्छ । दुवै व्यक्तिमा थप उपचारपछि निको भएको स्वास्थ्यकर्मीले बताएका छन् । 

बेलायतका स्वास्थ्य अधिकारीहरूले एलर्जीको समस्या भएका व्यक्तिलाई तत्काल खोप नदिन आग्रह गरेका छन् । खासगरी, एनाफेलेटिक रियाक्सन देखिएका व्यक्तिमा अन्य विकल्प नअपनाउँदासम्म खोपको प्रयोग नगर्न सुझाब दिइएको हो । तर, यस्तो प्रतिक्रिया एकदमै दुर्लभ देखिएको बताइएको छ । बेलायतमा एनाफिलिक्सका केसहरू देखिएपछि एफडिएले एलर्जीका बिरामीमा देखिने साइड इफेक्टबारे थप अनुगमन गर्न सुझाब दिएको छ ।

साथै, खोप प्रयोगमा ल्याउनुअघि अध्ययनको तथ्यांक पेस गर्नसमेत निर्देशन दिएको छ । फाइजर भ्याक्सिन प्रयोग सिफारिस गर्ने/नगर्ने विषयमा एफडिएका विज्ञहरूको प्यानलले बिहीबार स्वीकृति दिएको थियो । साथै, एनाफिलिक्समा पनि थप अध्ययन गर्न सुझाब दिएको थियो । एफडिएको निर्देशन पालना गर्ने र अमेरिकामा प्रयोगमा ल्याउनुभन्दा अगाडि एनाफिलिक्सको बारेमा थप अध्ययन गरिने बताइएको छ । फाइजर खोप अमेरिकामा अर्को हप्तादेखि प्रयोगमा ल्याइने सम्भावना छ । 
                                                                ....

बेलायतमा देखिएको खोपको साइड इफेक्ट चिन्ताको विषय रहेको विज्ञहरूले बताएका छन् । खासगरी, पहिलेदेखि एलर्जीको समस्या भएका व्यक्तिहरूमा खोप दिने विषय अलमलमा परेको छ । बेलायतले केही व्यक्तिमा एनाफिलिक्सको समस्या भएको बताए पनि यसको प्रकृतिबारे स्पष्ट पारेको छैन । जसका कारण एलर्जीको समस्या भएका व्यक्तिका लागि भ्याक्सिन सुरक्षित हुने विषय भने यकिन हुन सकेको छैन ।

तर, केही वैज्ञानिकहरूले गम्भीर प्रकृतिको एलर्जीको समस्या भोगेका व्यक्तिमा मात्र भ्याक्सिनले असर पार्न सक्ने अनुमान गरेका छन् । तर, अधिकांश विज्ञहरूले यसबारे अध्ययन गरेर मात्र प्रयोगमा ल्याउन सुझाब दिएका छन् । एफडिएका अनुसार बेलायतमा दुई स्वास्थ्यकर्मीमा खानाका कारण एलर्जी भएकामा एनाफिलिक्स भएको पाइएको हो । उनीहरूमा भ्याक्सिनको प्रतिक्रिया थाहा पाउन इपिपेन लगाइएको थियो । खोपको आकस्मिक प्रतिक्रियापछि उनीहरूमा एपेनिफ्रिन दिइएको थियो ।

महामारीको समयमा भ्याक्सिनको साइड इफेक्ट देखिनुले अधिकांश व्यक्ति मानसिक रूपमा प्रभावित हुन सक्छन् । विश्वमा अधिकांश व्यक्तिमा कुनै न कुनै समयमा खाद्यपदार्थ, औषधि वा अन्य पदार्थको सम्पर्कमा आउँदा एलर्जीको समस्या देखिइरहेको पाइन्छ ।

यस्तोमा फाइजर प्रयोगमा ल्याउने/नल्याउने विषय गम्भीर हुन सक्छ । तर, एलर्जीको समस्या कोभिडभन्दा सजिलै उपचार गर्न सकिने भएकाले सामान्य साइड इफेक्ट देखिँदा नआत्तिन विज्ञहरूले सुझाब दिएका छन् । यस्तै, केही व्यक्तिमा मात्र साइड इफेक्ट देखिएकाले छोटो समयमै समाधान निकालिने आशा गरिएको छ । 

– एजेन्सीको सहयोगमा