लमजुङस्थित ७० मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत कमी भएको हो । बर्खाको समय टर्बाइन खुला छोड्दा ७३ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ५० मेगावाट मात्रै विद्युत उत्पादन हुने गरेको छ ।
मध्य मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख शिवकुमार शाहले दिउँसो २ देखि ३ घन्टा लोड घटाउने गरिएको र राति चारदेखि पाँच घन्टा समय एउटा मात्रै टर्बाइन सञ्चालन गरी पानी सञ्चित गरिएको बताए । कात्तिक १२ बाट पूरै गेट बन्द गरेर पानीलाई सुरुङमार्फत जलविद्युत् उत्पादनमा प्रयोग गरिएको उनले बताए ।
उनले भने ‘यसपटकको हिउँदमा गत वर्षको तुलनामा उत्पादन अझ घट्ने सक्छ, ‘छिटो नदी सुकेपछि बिजुली उत्पादन अघिल्ला वर्षभन्दा सानो हुने सम्भावना छ,’ उनले भने, ‘गएको वर्ष औसत २७ मेगावाटसम्म थियो । यो वर्ष स्थिर रहने देखिएको छ ।’ शाहका अनुसार केन्द्रबाट वर्षायाममा ७३ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ ।
केन्द्रले ६ महिनासम्म कम्तीमा ७० मेगावाट विद्युत् उत्पादन हुने र अन्य समयमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घट्ने जनाएको छ । ‘राति र दिउँसोको पानी जम्मा गरेर साँझ–बिहान पिक आवरमा ७० मेगावाट नै उत्पादन दिने तयारीमा छौँ । उनका अनुसार हाल केन्द्रको ३ नम्बर गेट र ३ नम्बर डिस्यान्डरको मर्मत कार्य भइरहेको छ ।