१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दोलखाको मालुमा पाँच शय्याको कोभिड अस्पताल तयार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:४४:oo

दोलखाको तामाकोसी गाउँपालिका ४ मालुमा भर्खरै निर्माण ५ शैयाको कोभिड अस्पताल सुरु भएको छ ।

सरकारको ‘एक स्थानीय तह, एक कोभिड अस्पताल’ भन्ने अभियानअन्तर्गत दोलखाको तामाकोसी गाउँपालिकामा बनेको अस्पतालको उद्घाटन गरिएको छ । 

शुक्रबार एक समारोहबीच तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले उक्त अस्पतालको उद्घाटन गका हुन् । 

अस्पताल उद्घाटन गर्दै अध्यक्ष पोखरेलले कोभिडमात्रै नभएर अन्य विभिन्न रोगको उपचार मालु अस्पतालमा हुने भन्दै स्थानीयका लागि स्वास्थ्य क्षेत्रमा राम्रो उपलब्धी भएको बताए । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्लास्थित भवन कार्यालयले निर्माण गरेको १० कोठे भवनमा अस्पताल सन्चालनमा ल्याइएको हो । १० कोठे भवनमा विभिन्न वार्ड र बिरामी कक्ष बनाइएको छ ।  

अस्पतालमा उपलब्ध हुने सबै उपचार सेवा र औषधि गाउँपालिकाको लगानीमा बिरामीहरुलाई निशुल्क उपलब्ध गराइने तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । 

पुनर्निर्माण प्राधिकरणको एक करोड ५५ लाख ७३ हजार चार सय ४४ रुपैयाँको लागतमा बनेको भवनमा अस्पताल सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारी दिए ।

वडा कार्यालय पनि उद्घाटन

एउटै प्रांगणमा बनेको तामाकोसी ४ मालुको वडा कार्यालय भवनको समेत अध्यक्ष पोखरेलले शुक्रबार नै उद्घाटन गरेका छन् । १ वर्ष अघिबाट निर्माण सुरु गरिएको उक्त भवन सम्पन्न भएसँगै सञ्चालनमा ल्याइएको छ । 

ad
ad