कोभिड भाइरसविरुद्धको भ्याक्सिन छोटो समय (एक वर्षभित्रै)मै तयार हुनुलाई विशेषज्ञहरूले ‘गेमचेन्जर’को संज्ञा दिएका छन् । परम्परागत रूपमा यसअघिका बनेका यस्तै प्रकृतिका भ्याक्सिनहरू १० वर्षसम्म समय लगाएर निर्माण भएका उदाहरणहरू छन् । यसरी बनेका भ्याक्सिनको सफलताबारे यकिन गर्न कम्तीमा पाँच वर्ष लाग्ने गरेको विज्ञहरूको भनाइ छ । जसको तुलनामा कोभिडविरुद्धको भ्याक्सिन निकै कम समयमा उत्पादन भएको छ । महामारी फैलिएको एक वर्षमै भाइरसविरुद्धको खोप पत्ता लगाएर नियन्त्रण प्रयासमा लाग्नु विज्ञानको क्षेत्रमा निकै ठूलो उपलब्धि मानिएको छ । यो उपलब्धि विश्वका लागि महामारीबाट छुटकारा पाउने र पुनः सामान्य जीवनमा फर्किने महŒवपूर्ण योगदान हुनेछ । विज्ञहरूले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मानव स्वास्थ्यमा नयाँ मापदण्ड विकासका रूपमा व्याख्या गरेका छन् ।
परम्परागत रूपमा भ्याक्सिन बनाउँदा ल्याबको सहयताबाट भाइरसलाई कमजोर बनाउने, मार्ने वा ल्याबमा भाइरसको अंश उत्पादन गरेर सोहीअनुरूपको भ्याक्सिन विकसित गरिन्छ । जसका लागि सामान्यतया एक दशक लाग्ने गथ्र्यो । तर एस्ट्राजेनेका, फाइजर र मोर्डनाले यसपटक फरक प्रविधि अपनाएर भ्याक्सिन निर्माण गरेका छन् । भाइरसको स्पाइक प्रोटिन र आरएनएमा आधारित भएर कोषमा जेनेटिक इन्स्ट्रक्सन लागू गरी खोप विकास गरेका छन् ।
शरीरमा भाइरस फैलिनका लागि महŒवपूर्ण भूमिका खेल्ने स्पाइक प्रोटिनबारेको जानकारी अनुसन्धानकर्ताहरूले दिएसँगै भ्याक्सिन निर्माणले निकै ठूलो सहयोग ग¥यो । यो तथ्य कोभिड भाइरसको स्वाबबारे अध्ययन गरेका चीनका सरुवा रोग विशेषज्ञ प्राडा झाङ योङ्जेनको समूहले पहिलोपटक पत्ता लगाएको थियो । यसपछि स्पाइक प्रोटिनलाई कोषभित्र पस्न अवरोध गर्ने प्रतिरक्षा निर्माण गर्ने आधार तयार भयो । यद्यपि, अन्वेषकहरूलाई शरीरमा स्पाइक प्रोटिनका टुक्रा राख्ने तरिका पत्ता लगाउनु थियो । जसले एन्टिबडी उत्पादन र सक्रियता बढाउन सकोस् । यहीक्रममा क्यान्सरसँग लड्ने आरएनए खोप बनाउन सन् २००८ मा स्थापना भएको कम्पनी बायोएनटेकले कोभिडविरुद्धको खोप निर्माण थाल्यो ।
प्रोफेसर झाङले निर्माण गरेको जेनेटिक सिक्वेन्सका आधारमा बायोएनटेक कम्पनीले फाइजरसँग मिलेर भाइरस स्पाइक प्रोटिनका लागि आरएनए कोड पत्ता लगाएर भ्याक्सिन निर्माण सुरु ग¥यो । भ्याक्सिनको प्रयोगपछि शरीरको प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन ट्रिगर गर्छ । यही दृष्टिकोणलाई मोर्डनाले खोप बनाउने क्रममा लागू गरेको हो । यो नयाँ प्रविधि हो । सामान्यतया, अनिवार्य आधारभूत केमिकल सिन्थेसिस समावेश गरेर आरएनएको स्ट्रान्ड तयार पारी व्यक्तिमा दिइन्छ । यसमा कोषिका वा भेसल्सलाई ध्यान नदिइने हँुदा पनि सरल हुने भएकाले कम समयमै भ्याक्सिन निर्माण सम्भव भएको विज्ञहरूको भनाइ छ ।
–एजेन्सीको सहयोगमा