१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा जिप दुर्घटना हुँदा चारको  मृत्यु, सातजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२२:oo

हुम्लामा  बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुकानजिकै शुक्रबार राति लु २ च २१०२  नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो भने एक बच्चासहित सातजना घाइते भएका छन् । 

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राति ११:०० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मृत्य हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ ,उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

घाइते हुनेमा सिमकोट २ ठेहेका जिपचालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका  एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी  सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरूको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

बलेरो जिप  सडकभन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जिल्ला  प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । 

ad
ad