१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २५ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जोगवनी नाका खोल्न माग गर्दै एक घन्टा धर्ना

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:२o:oo

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले सिल गरेको विराटनगर जोगवनी नाका खुला गर्न माग गर्दै मोरङस्थित जोगवनी नाकामा स्थानीयले शुक्रबार एक घन्टा धर्ना दिएका छन् । 

भारतको जोगबनी र नेपालको विराटनगर नाकाको सिमाना विराटनगर भन्सार ढाट क्षेत्रमा परिवर्तन समाजको ब्यानरमा स्थानीयले बन्द नाका खोल्न माग गर्दै धर्ना दिएका हुन् । 

गत नौ महिनादेखि नेपाल–भारत नाका वैधानिक रूपमा बन्द हुँदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा पनि असर परेको स्थानीयको गुनासो छ । 

लकडाउनकै कारण धेरैका आफन्त आउजाउ गर्न र वैवाहिक सम्बन्ध कायम गराउन समस्या भइरहेको  अगुवा मोहम्मद कादिरले बताए । 

वैधानिक रूपमा नाका खुला नहुँदा खुला सिमानाको फाइदा उठाउँदै मानिस आवतजावत गर्ने क्रम नरोकिएको र तस्करी र कालोबजारी गर्नेहरूलाई फाइदा भइरहेको अधिवक्ता रामलाल सुतिहारले बताए । 

सरकारले कोरोना संक्रमण रोकथाम गर्न ११ चैत मध्यरातिदेखि देशव्यापी रूपमा गरेको लकडाउनले सिल भएको नेपाल–भारत सीमानाका अझै खुला भएको छैन ।

ad
ad