मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फोटो क्याप्सन : मालपोतका कर्मचारी तथा लेखापढी व्यवसायीबाट घेरिएका पत्रकार घिमिरे
२०७७ मङ्सिर १७ बुधबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुस लिएको समाचार संकलनका लागि गएका पत्रकारमाथि कुटपिट

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार १०:२६:००

झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट भएको छ । मालपोत कार्यालय दमकमा घुस लिँदै गरेको दृश्य संकलनका लागि पुगेका माउन्टेन टेलिभिजनका पत्रकार घिमिरेमाथि मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले कार्यालयभित्रै हातपात गरेका हुन् । सयौँको भिडबीच घिमिरेमाथि  निर्घात कुटपिट भएको हो । 

जग्गा रोक्का गर्न गएका एक सेवाग्राहीबाट मालपोत कर्मचारी इन्द्र राजवंशीले १० हजार घुस लिने क्रममा समाचार संकलन गर्न गएको वेला आफूमाथि  कुटपिट भएको उनले बताए । मंगलबार दिउँसो ४ बजे आफूमाथि कुटपिट भएको पत्रकार घिमिरेले जानकारी दिए ।

‘कार्यालय परिसरमा रहेको सिसी क्यामेरा बन्द गरेर कुटे,’ उनी भन्छन्, ‘लछारपछार गर्दै ममाथि आक्रमण भयो । बाहिरी चोट त छैन । तर, धेरैजनाले कुटेका कारण भित्रबाटै दुखिरहेको छ ।’ मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालको कार्यकक्षामा कुटपिट हुँदा पनि उनी मौन रहेको उनले बताए ।

पत्रकार घिमिरेले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् । उनले आफूमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका हुन्  ।