मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १४ आइतबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा राजावादीको प्रदर्शन, राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा नाराबाजी

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १९:२८:००

बागमती प्रदेशको राजधानी हेटौँडामा राजावादीहरूले प्रदर्शन गरेका छन् । राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा नाराबाजीसहित उनीहरूले आइतबार प्रदर्शन गरेका हुन् । 

सोमबार दिउँसो ३ बजे हेटौँडाको मुख्य बजारमा एक्कासि ‘राजा आऊ, देश बचाऊ’ भन्दै करिब एक हजार युवा सडकमा उत्रिएको देख्दा सडकको किनाराका सर्वसाधारण आश्चर्य मानिरहेका थिए । मोटरसाइकल ऱ्याली नियालिरहेका एक सर्वसाधारण भन्दै थिए, ‘हिजो भर्खर राजा हटाउन हजारौँ सडकमा उत्रिएकोजस्तो झलझल्ती याद आउँछ । आज राजा आऊ, देश बचाऊ भन्दै नारा लाग्यो, यो मुलुकमा के हुँदै छ ?’ ऱ्याली नियालिरहेका एकको मात्र होइन, कैयौँले यस्तै जिज्ञासा राखिरहेका थिए । 

केसरी महतो संयोजक रहेको २०४७ को संविधान पुनर्स्थापना हाम्रो अभियानले २०४७ सालको संविधान पुनर्स्थापनाका लागि भन्दै आयोजना गरेको मोटरसाइकल ऱ्यालीले देशका मुख्य सहरहरूमा प्रदर्शन गरिसकेको छ ।

 ऱ्यालीमा राजतन्त्र र हिन्दू राष्ट्र एजेन्डाका साथ अघि बढेको राप्रपाको झण्डा, चुनावचिह्न वा प्रचारप्रसार नभए पनि यस्ता हरेक कार्यक्रममा राप्रपाको समर्थन रहने केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए । राप्रपाले आन्दोलन आयोजना नगरेको दाबी गर्दै उनले ऱ्यालीमा समर्थन, शुभेच्छा र सदभाव रहने भन्दै अदृश्य सहयोग गरिएको उनले बताए ।