मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १३ शनिबार
  • Wednesday, 18 December, 2024
रासस जाजरकोट
२o७७ मङ्सिर १३ शनिबार o८:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जन्ती बोकेको जिप दुर्घटना हुँदा चारको मृत्यु    

Read Time : < 1 मिनेट
रासस जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o७७ मङ्सिर १३ शनिबार o८:o६:oo

जन्ती बोकेको जिप दुर्घटना हुँदा रुकुमपश्चिम आठबिसकोट नगरपालिका– ७ पोखरामा चारजनाको मृत्यु भएको छ । आठबिसकोट– २ घारीखोलाबाट जन्ती लिएर आठबिसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा.१ज ५८९ नम्बरको जिप गएराति दुर्घटना भएकाे हाे । 

दुर्घटनामा परेर आठबिसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका– ७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । 

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते भएका छन्। जिपचालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।