१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ८ सोमबार १५:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित ६ कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ८ सोमबार १५:५४:००

विस्फाेटक पदार्थसहित विप्लव समूहका ६ जना नेता तथा कार्यकर्ता लमजुङमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका– २ घर भएका लमजुङ जिल्ला इन्चार्ज वर्ष ४२ का जंगबहादुर भण्डारी (आक्रोश), जिल्ला लमजुङ दोर्दी गाउँपालिका– ७ घर भएका लमजुङ जिल्ला सेक्रेटरी वर्ष ४६ का बिलबहादुर गुरुङ (गौरव), जिल्लाको मध्यनेपाल नगरपालिका– ४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य वर्ष ६२ का नारायणबहादुर कुँवर, जिल्ला लमजुङ राईनास नगरपालिका– ६ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य वर्ष ३४ का रवीन्द्र नखोला, जिल्ला लमजुङ दोर्दी गाउँपालिका– ७ घर भएका वर्ष २२ का दुर्गालाल तामाङ र जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका– १० घर भएका वर्ष २६ का सुजन थापा रहेका छन् ।

जिल्लाको दोर्दी गाउँपालिका खिमचोक– ५ स्वारामा नेपाल कम्युनिस्ट पार्टी विप्लवका नेता तथा कार्यकर्ताहरू भेला भएकाे सूचनाका आधारमा जिल्ला सदरमुकाम बेसीसहरबाट गएकाे प्रहरी टोलीले घेराबन्दी गरी खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूकाे झोलाभित्र लुकाइछिपाई राखेको विस्फाेटक पदार्थ गन्धक पाँच सय  ग्राम, बारुद पाँच सय ग्राम, सोडा पाँच किलाे, सेप्टिफ्युज १.५ मिटर, रोल क्याप लेखिएको पटका सात रोल, सिसाका छर्राहरू, उक्त पार्टीसँग सम्बन्धित पोस्टर ५० थान, नेपाल कम्युनिस्ट पार्टीको पर्चा ५० थान, नगद ३१ हजार ६ सय ८५ र चन्दा रसिद १, ग.१५प ८१३७ नम्बर र बा.७४ प ७०८७ नम्बरको मोटरसाइकल बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

त्यसैगरी आठ थान मोबाइल र ६ थान सिमकार्डसमेत बरामद गरिएको प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई विस्फाेटक पदार्थसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेकोसमेत उनले बताए ।