मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ६ शनिबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शंखधर साख्वा र पद्मरत्न तुलाधरको सालिक अनावरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ६ शनिबार १४:३२:००

राष्ट्रिय विभूति शंखधर साख्वा र प्रजातान्त्रिक आन्दोलनका सूत्राधार पद्मरत्न तुलाधरको सालिक अनावरण गरिएको छ । 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  ‘शंखधर उद्यान’मा निर्माण गरिएको साख्वा र तुलाधरको सालिक अनावरण गरेका हुन्। सालिक अनावरणपछि सहरी विकासमन्त्री श्रेष्ठले साख्वा र तुलाधर दुवै इतिहासपुरुष भएको बताए । 

नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा स्थापित गर्नु भन्नेमा कसैले पनि विमति नराख्ने उल्लेख गर्दै उनले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी वामपन्थी आन्दोलनका अगुवा तुलाधर र प्रजातान्त्रिक आन्दोलनका अगुवा शंखधर साख्वाको सालिक निर्माण हुनु इतिहासको सम्मान भएको बताए । 

महानगरपालिकाका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तिहरूलाई बिर्सन चाहेर पनि बिर्सन नसकिने बताए । 
 उपत्यकावासीका लागि शंखधर र पद्मरत्न सबै मनमुटुमा रहेको उल्लेख गर्दै मेयर शाक्यले उनीहरूलाई सधैँ सबैले चिन्न र देख्न सकून् भनेर सम्मानस्वरूप पार्कभित्र सालिक निर्माण गरिएको जानकारी दिए । 

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगर उपप्रमख हरिप्रभा खड्गी पनि सहभागी थिए । 

पछिल्लो समय विगतमा राजा र रानीहरूका नाममा रहेका संरचनालाई भत्काएर राष्ट्रिय व्यक्तित्वको नामबाट नामकरण गर्ने प्रचलन बढेको छ । 

त्यसैअनुसार लामो समयदेखि रत्नपार्कको नामले चिनिएको पार्कको नाम राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट नामकरण गरी आज साख्वा र तुलाधरको सालिक अनावरण गरिएको हो ।