मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ मङ्सिर ४ बिहीबार १२:१५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रुपन्देहीको सैनामैनामा दुई अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइने

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ४ बिहीबार १२:१५:००

रुपन्देहीको सैनामैनामा क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीका अनुसार १५ बिघा क्षेत्रफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने गरी काम अगाडि बढेको छ । रंगशाला नेपालकै ठूलो र नमुना हुने दाबी नगरपालिकाले गरेको छ । 

सैनामैना– ७ लम्टैयामा रहेको करिब १५ बिघा सार्वजनिक जग्गामा उक्त क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडि बढाएको कार्कीको भनाइ छ । 

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट नजिक रहेको यस स्थान भारतसँग पनि नजिकको दूरीमा रहेको छ । 

लुम्बिनीबाट करिब १२ किलाेमिटर उत्तरतर्फ निर्माण हुन लागेको उक्त रंगशाला ९० यार्डको रहने नगरपालिकाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट दुई किलोमिटर दक्षिणतर्फ बन्न लागेको यस रंगशाला नेपालका मात्रै नभई भारतीय दर्शकलाई पनि आकर्षण गर्ने गरी निर्माण गरिने मेयर कार्कीले बताए ।

के–के काम भयो ?
यस रंगशाला निर्माणको काम गत वर्ष नै अगाडि बढाइएको थियो । गत वर्ष ३० लाखको बजेटमा विभिन्न काम गरिएको मेयर कार्कीले बताए । 

उनका अनुसार गत वर्ष माटो कटिङ, शौचालय र ड्रेसिङ रुम निर्माण गरिएको छ । त्यस्तै यस वर्ष रु. एक करोडको बजेटमा माटो कटिङ, तारबार र डिपिआर बनाएको छ । 

नगरपालिकाले उक्त रंगशालाको डिपिआर तयार गरी छलफल गरेको छ । 

निर्माण सम्पन्न हुन करिब दुई अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४ हजार आठ सय १७ वर्गमिटर क्षेत्रफल समेटिएको छ ।