१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लमजुङमा २८ दिनमा ३३ जना  जुवाडे पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:५८:oo

जिल्ला प्रहरी कार्यालय लमजुङले कात्तिकमा ३३ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीका अनुसार १ देखि २८ कात्तिकसम्म १४ लाख १४ हजार एक सय २७ रुपँयाँसहित ३३ जना पक्राउ गरेको हो । प्रहरीले शुक्रबार मात्रै जुवाखालबाट आठजना पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो पौने ३ बजे मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा दिलीपकुमार गुरुङको घरबाट उनीहरूलाई पक्राउ गरेको हो । गुरुङको घरमा हारजितको बाजी राखी जुवातास खेल भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारका कार्यालय प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीको कमान्डमा प्रहरी टोली खटिएको थियो । घर घेराबन्दी गरी जुवातास खेल्ने व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मध्यनेपाल नगरपालिका–६ का ३८ वर्षीय उदय दुरा, ५० वर्षीय हरि रेग्मी, २८ वर्षीय दुर्गाबहादुर थापा, ४८ वर्षीय भीमबहादुर धिंगल गुरुङ, ४७ वर्षीय होमबहादुर गुरुङ, ५३ वर्षीय शिवलाल श्रेष्ठ, ३९ वर्षीय शमशेरबहादुर भुजेल र घरधनीसहित ३४ वर्षीय दिलीपकुमार गुरुङ रहेका छन् ।

उनीहरूको साथबाट एक लाख ८७ हजार २५ रुपैयाँसहित चार बुक खुला तास बरामद गरिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सार्वजनिक हित, स्वस्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत रहेको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि २५ कात्तिकमा मध्यनेपाल नगरपालिका–१ जितासरौदीमा हारजितको बाजी राखी जुवातास खेलिरहेको अवस्थामा ११ लाख ४७ हजार आठ सय ४२ रुपैयाँसहित १४ जनालाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, १७ कात्तिकमा सुन्दरबजार नगरपालिका–९ बगैँचामा हारजितको बाजी राखी जुवातास खेलिरहेको अवस्थामा ७९ हजार दुई सय ६० रुपैयाँसहित ११ जना पक्राउ परेका थिए । पक्राउ परेका उनीहरूलाई अपराध संहिता, २०७४ को सार्वजनिक हित, स्वस्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत कारबाही भएको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार पक्राउ परेका ११ जनालाई कारबाही गरिएको छ भने २२ जनाको अनुसन्धान भइरहेको छ ।

ad
ad