Skip This
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय समितिको म्याद एक वर्ष थप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १५ मंगलबार o९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय समितिको म्याद एक वर्ष थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o९:४६:oo

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले समितिको म्याद थपेको हो ।

सेनाको व्यवस्थापनमा दुई वर्षपछि (०८३ देखि) राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने तयारी छ । ‘समितिको चार वर्षको म्याद २६ वैशाखमा सकिन लागेको थियो । तर, काम सम्पन्न भइनसकेका कारण एक वर्षका लागि म्याद थप भएको छ,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

आगामी वर्षदेखि सुरु गर्ने प्रारम्भिक तयारी रहे पनि बजेटको सीमितता र कोरोना महामारीका कारण एनडिसी कोर्स सञ्चालन दुई वर्ष पछि धकेलिएको छ । त्यसका लागि भौतिक पूर्वाधार र पाठ्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ । 

सरकारले १२ फागुन ०७६ मा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६’ जारी गरेको थियो । समितिको नेतृत्व सेनाका पूर्वरथी बालानन्द शर्माले गरेका छन् ।

उनका अनुसार समितिले भौतिक पूर्वाधार निर्माण र पाठ्यक्रम तर्जुमा एकैसाथ जारी राखेको छ ।  सरकारले यसअघि ०८१ वैशाखदेखि एनडिसी सुुरु गर्ने लक्ष्य राखेको थियो, तर काम पूरा नहुँदा यो लक्ष्य दुई वर्षपछि धकेलिएको छ ।

ad
ad