Skip This
प्रेरक प्रसंग : गल्ती सच्याउने उपाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ११ शुक्रबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गल्ती सच्याउने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार o६:o७:oo

एकपटक महात्मा गान्धी कतैको यात्रामा थिए । साथमा उनका कैयौँ अनुयायी पनि थिए । तीमध्ये एक अनुयायी आनन्द स्वामी पनि थिए । यात्राका क्रममा आनन्द स्वामीको कुनै विषयलाई लिएर एक सर्वसाधारणसित विवाद भयो । विवाद निकै बढेर गयो । दुवै आ–आफ्नो भनाइमा अडिग थिए । विवाद बढ्दै जाँदा आनन्द स्वामीले रिसले तिल्मिलाएर जोडले कसेर ती सर्वसाधारणको गालामा एक थप्पड हिर्काए । 

आनन्द स्वामीले सर्वसाधारणको गालामा थप्पड हानेको विषय गान्धीसमक्ष पनि पुग्यो । गान्धीलाई यो विषय निकै नराम्रो लाग्यो । उनले आनन्द स्वामीलाई बोलाएर प्रश्न गरे– आनन्द, तपाईंले एक सर्वसाधारणको गालामा थप्पड हान्नुभयो भन्ने मैले सुनेँ । के यो साँचो हो ? आनन्दले केही निहुरेर जवाफ दिए– हजुरले ठीकै सुन्नुभयो बापु, त्यसले अनावश्यक विवाद गरिरहेको थियो । 

आनन्द स्वामीको जवाफ सुनेर गान्धी दुःखी भए । उनले भने– अहँ, यो पटक्कै राम्रो भएन । तपाईंले एक सर्वसाधारणलाई थप्पड हिर्काएर गलत गर्नुभयो । के त्यो मानिस सर्वसाधारण नभएर तपाईंको बराबरीको भएको भए पनि तपाईं उसलाई थप्पड हान्नुहुने थियो ? त्यसैले जे भयो, भइगयो । अब गल्ती सच्याउने उपाय भनेको माफी माग्नु नै हो । अब तपाईं ती सर्वसाधारणसित तत्काल माफी माग्नुहोस् । आनन्द स्वामीलाई पनि आफ्नो गल्ती महसुस भयो । उनले ती सर्वसाधारणसित माफी मागे ।
 

ad
ad
ad
ad