१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेसोगको अध्यक्षमा डा. दंगाल चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार १७:४३:००

नेपाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ समाज (नेसोग)को अध्यक्षमा प्रा.डा. गणेश दंगाल चयन भएका छन् ।  नेसोगको १७औँ कार्यसमितिबाट अध्यक्षमा डा. दंगाल चयन भएका हुन् । 

समाजको विधानमा वरिष्ठ उपाध्यक्ष निर्वाचित व्यक्ति अर्को कार्यकालको स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनी अध्यक्ष भएका हुन् । 

समितिका सदस्य डा. कीर्तिपाल सुवेदीका अनुसार समाजको वरिष्ठ उपाध्यक्षमा डा. सरोजा कार्की पाण्डे विजयी भएकी छन् । बिहीबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी डा. गेहनाथ बराललाई एक सय २३ मतान्तरले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी हुन् । डा. बरालले एक सय ५१ मत प्राप्त गरे भने डा. पाण्डेले दुई सय ७४ मत प्राप्त गरिन् । 

त्यसैगरी उपाध्यक्षमा डा. पदमराज पन्त विजयी भए । पन्तले दुई सय ७० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डा. चन्दा श्रीवास्तवले एक सय ६० मत ल्याइन् । यस्तै, महासचिवमा डा. यमप्रसाद द्वा र सहमहासचिवमा डा. सपना (अमात्य) वैद्य निर्विरोध निर्वाचित भएको डा. सुवेदीले बताए । 

सामाजिक, सांस्कृतिक वैज्ञानिक सचिवमा डा. स्मृति मास्के, सामाजिक सांस्कृतिक वैज्ञानिक सहसचिवमा डा. ऋजुता जोशी, कोषाध्यक्षमा डा. सन्देश पौडेल र सहकोषाध्यक्षमा डा. ज्योत्सना शर्मा पनि निर्विरोध भए ।

 कार्यसमितिका ६ जना सदस्यहरूमा डा. कीर्तिपाल सुवेदी, डा. अतीत पौडेल, डा. आश्मा श्रेष्ठ, डा. श्रीप्रसाद अधिकारी, डा. पुजा पौडेल र डा. स्निग्धा राई निर्वाचित भएका छन् । 

कोरोना भाइरसका कारण उनीहरूले अनलाइनमार्फत मतदान आयोजना गरेका थिए । डा. सुवेदीका अनुसार समाजमा पाँच सय ६४ मतदाता संख्या रहेको छ ।

तस्बिर : सामाजिक सञ्जालबाट