Skip This
कोभिड र प्रणालीमा समस्याले यातायात कार्यालयको सेवा बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक २७ बिहीबार o९:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड र प्रणालीमा समस्याले यातायात कार्यालयको सेवा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक २७ बिहीबार o९:३५:oo

यातायात कार्यालयहरू धमाधम बन्द हुन थालेका छन् । केही कार्यालय कोभिड–१९ को संक्रमणका कारण बन्द भएका छन् भने केही कार्यालयका सेवा प्रणालीमा आएको समस्याले अवरुद्ध भएका छन् । 

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भर्‍याङका कार्यालयमा कर्मचारीलाई कोरोना पोजेटिभ देखिएकाले बुधबारदेखि बन्द छ । कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा स्थगित गरिएको छ । 

त्यस्तै, बुधबार बिहानदेखि सर्भरमा आएको प्राविधिक समस्याका कारण यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना कार्यालयबाट प्रवाह हुने नवीकरण कार्य स्थगन गरिएको छ । कार्यालयले सर्भर सुचारु भएको खण्डमा सेवा सुचारु हुने जानकारी दिएको छ ।

यस्तै, सवारीचालक अनुमतिपत्र कार्यालय चाबहिलले पनि चालक अनुमतिपत्र नवीकरण गर्नेलगायतका सेवा बन्द गरेको छ । चाबहिल कार्यालयले सेवा प्रदान गर्न प्रयोग गर्ने प्राविधिक प्रणालीमा समस्या आएकाले सेवाहरू अवरुद्ध भएको जानकारी दिएको छ । 

सवारीचालक अनुमति कार्यालय जगाती भने सञ्चालनमा रहेको छ । ३ कात्तिकदेखि स्थगित गरिएका सवारीचालक अनुमतिपत्र नवीकरण–प्रतिलिपि तथा स्मार्ट कार्ड वितरणको सेवा १५ कात्तिकसम्म स्थगित गरेको थियो । १६ कात्तिकदेखि सञ्चालनमा रहेको छ ।