मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक २१ शुक्रबार ०७:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार ०७:४८:००

एनसेल आजियाटा लिमिटेडले कोभिड–१९ बाट बच्नका लागि जनमानसमा जनचेतना फैलाउने कार्यमा विभिन्न अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहकार्य गरेको हो । 

अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएका तीन मुख्य उपायहरू : व्यक्ति–व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र वेलावेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेन्डसम्म हात धुने सन्देशलाई फैलाइएको कम्पनीले जनाएको छ । एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्नेलगायतका विभिन्न जानकारी समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको जनाइएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले विषम परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै  कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन प्रतिबद्ध भएको बताए । निजी क्षेत्रको जिम्मेवार व्यावसायिक नागरिकका रूपमा एनसेलले जनमानसमा कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ । उनले भने, ‘नेपाली जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धतामा कुनै सम्झौता हुँदैन ।’

कोरोना भाइरसविरुद्घको पहलअन्तर्गत सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), स्वास्थ्य सामग्री, पिसिआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ १० करोड रुपैयाँ योगदान गरेको एनसेलले जनाएको छ । यसका साथै कम्पनीले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्‍याउँदै आएको जनाएको छ ।