मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १५ शनिबार १६:३३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तातोपानी नाका सुचारु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १५ शनिबार १६:३३:००

पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाह कोभिड– १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाई सुचारु भएको छ । 

कोरोना महामारी र बाढीपहिरोको कारण पटकपटक बन्द भएको नाका बिहीबारबाट खुलेपछि नेपालतर्फ समान आयात हुन थालेको छ । 

०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका केही समयमा नै पुनः बन्द भएको थियो । 

बीचमा खुलेको नाका पछिल्लोपटक कोरोना संक्रमणको जोखिमका कारण पुनः बन्द हुन पुगेको थियो । तर, अहिले भने कोरोना संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ व्यापारीले अलपत्र परेको नेपाली व्यवसायीका सामान नेपाल पठाउन थालेका हुन् । 

अहिले नेपालतर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पुऱ्याउन आउने गरेको छ । तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात सुरु भएको बताए । श्रमिकहरूलाई स्वास्थ्य मापदण्डसहित आइसोलेटेड क्षेत्रमा सामान लोड–अनलोड गर्ने व्यवस्था मिलाइएको पनि प्रमुख खत्रीले बताए । 

अहिले मितेरी पुलवारिसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ । 

लामो समय नाका सञ्चालन नहुँदा स्याउलगायतका खाद्यसामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए । आफूहरूले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरूरुले बताएका छन् । अब भने नाका निरन्तर खुल्नुपर्ने उनीहरूको माग छ ।

नाका सञ्चालनामा आउँदा स्थानीय बासिन्दालाई समेत रोजगारीको अवसर हुने भएकोले नाका निरन्तर खुल्नुपर्ने स्थानीय श्रमिकहरूले बताएका छन् । 

सामान लोड गर्ने नेपाली श्रमिकलाई क्वारेन्टिनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल तर्फका सवारीसाधन सामान लिन जानका लागि अनिवार्य निर्मलीकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नाका खुलेसँगै दैनिक चार देखि ६ वटा कन्टेनरसम्म सामान आयात भइराखेको भन्सार कार्यालयले बताएको छ  ।