Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई
२०७७ कार्तिक १५ शनिबार १३:२३:००
Read Time : > 1 मिनेट
विश्व

टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, कम्तीमा १७ जनाको मृत्यु

Read Time : > 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक १५ शनिबार १३:२३:००

टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १७ जनाको ज्यान गएको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य देशमा भएको मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।  

टर्कीको इज्मिर सहरमा सात म्याग्निच्युडको भूकम्प गएको र अहिले पनि खोजी तथा उद्धार जारी रहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा सात सय नौजना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपत् व्यवस्थापन कार्यालयले जनाएको छ । 

भूकम्पपछि सयौँपटक परकम्प महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । राष्ट्रपति रेसेप टयिप एर्डोगानले टेलिभिजनमार्फत सम्बाेधन गर्दै खोजी तथा उद्धार भइरहेको र सबैजना सहभागी हुन वा सहयोग गर्न आह्वान गरेका छन् । उनले त्रसित नहुन, सुरक्षा र सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेका थिए ।

स्थानीय अधिकारीहरूका अनुसार दर्जनौँ घर भूकम्पले भत्किएका छन् र थप विवरण आउने क्रम जारी छ । अरू धेरै मानिस पुरिएको हुन सक्ने आशामा उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् ।

अमेरिकी भूगर्भ निकायका अनुसार सात म्याग्निच्युडको भूकम्पको धक्का धेरै टाढा ग्रिसको राजधानी एथेन्स र टर्कीको राजधानी इस्तानबुलमा समेत महसुस गरिएको थियो । टर्कीमा वेलावेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।

टर्की र ग्रिस दुवै देशमा भूकम्प गएपछि टर्कीका राष्ट्रपति एर्डोगान र ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले टेलिफोनमा कुराकानी पनि गरेका छन् । उनीहरूबीच क्षतिको अवस्था, व्यवस्थापनका उपाय, सहकार्यलगायतका विषयमा केन्द्रित रहेर कुराकानी भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैबीच, अफगानिस्तानमा पनि ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुलको उत्तरपूर्वी क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु रहेको अधिकारीहरूले जनाएका छन् । अफगानिस्तानमा गएको भूकम्पको कुनै मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारले जनाएको छ ।