१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १३:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्रीका रूपमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:४५:oo

चीनको राजधानी बेइजिङमा आजदेखि सुरु भएकाे १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रूपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्बिर समावेश गरेको छ ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्त रूपमा आयोजना गरेको बिआरआई विश्व प्राकृतिक सम्पदा अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रूपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई  विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा राखिएका हरेक तस्बिर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ र अंग्रेजी भाषामा दिइएको छ । प्राकृतिक सम्पदाका व्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङरिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुराम लामिछानेलगायतका तस्बिर प्रदर्शनीमा समाविष्ट छन् ।

नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रूपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्क रूपमा उपलब्ध गराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताए । 

आगामी दिनमा चीनलगायत विश्वका विभिन्न मुलुकमा आयोजना गरिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपालका तस्बिर समावेश गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन सहकार्य गर्ने विषयमा पनि दुवै सोसाइटीबीच समझदारी रहेको  उनले जानकारी दिए । 

प्रदर्शनीका लागि आवश्यक डिजिटल भर्सनका फोटो वन तथा वातावरण मन्त्रायलबाट निःशुल्क उपलब्ध गराइएको थियो । बेइजिङस्थित नेपाली राजदूतावासको सहयोगमा नेपालको सहभागिताको व्यवस्थापन र खर्च सोसाइटीले नै गरेको हो ।

प्रदर्शनी उद्घाटनमा सहभागी नेपाली राजदूतावासका उपप्रमुख एवं मिनिष्टर सुशीलकुमार लम्सालले प्रदर्शनीलाई नेपाल बुझ्ने झ्यालको संज्ञा दिँदै अवलोकनकर्ताले नेपालबारे धेरै जानकारी लिन सक्ने बताए ।  कोरोना भाइरसको महामारीको अन्त्य भएपछि नेपालको भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे । 

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, बेइजिङ महानगरपालिकालगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मी उक्त अवसरमा उपस्थित थिए ।  सोसाइटीले यसअघि सिछुवान प्रान्तस्थित छन्तु, लशान, ह्वाहाई, काञ्च, बेइजिङलगायत सहरमा नेपालका कला, संस्कृति तथा पर्यटनसम्बन्धी एकदेशीय तस्बिर प्रदर्शनी गरिसकेको छ । रासस
 

ad
ad