१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ९ आइतबार १७:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ९ आइतबार १७:४०:००

ऐतिहासिक खोकनास्थित  सिकालीका देवता खलकले प्रधानमन्त्री केपी  ओलीलाई सिकाली जात्राको प्रसाद प्रदान गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए । 

आइबार बिहान खोकना, रुद्रायणी, इन्द्रायणीलगायत देवीदेवताका खलकले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा खोकनावासीको तर्फबाट स्थानीय स्वयम्भुराज डंगोल, ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, ललितपुर महानगरपालिका- २१ का सदस्य ज्ञानभक्त डंगोलसहितको टोली प्रधानमन्त्रीलाई प्रसाद दिन बालुवाटार आएको थियो । 

तर, कोरोना संक्रमण जोखिमको कारण प्रम ओलीले देवता खलकको हातबाट प्रसाद ग्रहण गरेनन् । 
 
खोनावासीको तर्फबाट देवता खलकले सरकारप्रमुख र  मुलुकमा शान्ति कल्याणको कामना गर्दै नवमीको दिन प्रसाद हस्तान्तरण गर्ने परम्परा छ ।

सोही परम्परालाई जोगाउँदै देवता खलकले विशेष पूजासहितको प्रसाद प्रधानमन्त्रीलाई दिएका थिए । प्रसादमा विशेष सजावट गरिएको सिँगो हाँस र तान्त्रिक विधिद्वारा रुद्रायणीको प्रसाद प्रधानमन्त्री ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यलाई  दिइएको थियो । 

प्रसाद प्रदान गर्ने क्रममा उनीहरूले भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । प्रधानमन्त्री ओलीले सहरी विकासमन्त्री श्रेष्ठलाई खोकनाको सम्पदा पुनर्निर्माण गर्ने विषयमा तत्काल अध्ययन गर्न आग्रह गरेका थिए ।