मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ६ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक ६ बिहीबार १५:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साझा पार्टीको प्रश्न– नेपाली प्रधानमन्त्री र रअका प्रमुख समकक्षी हुन् ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक ६ बिहीबार १५:५७:oo

साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलबीचको भेटबारे स्पष्ट पार्न सरकारसमक्ष माग गरेको  छ। 

पार्टीले विज्ञप्ति निकालेर नेपालका प्रधानमन्त्री र रअका प्रमुख समकक्षी हुन् ? भनी प्रश्नसमेत गरेको छ ।

रअका प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा नेपाल भ्रमणमा आए–नआएको स्पष्ट पार्न साझा पार्टीले माग गरेको छ ।

यदि विशेष दूतका रूपमा उनी आएका होइनन् र प्रधानमन्त्री ओलीलाई भेटेका हुन् भने भारतले आफ्नो गुप्तचर निकाय प्रमुखलाई नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउँदा प्रधानमन्त्री खुफिया एजेन्सीको प्रमुखको तहमा झरेको संकेत हुने पार्टीका प्रवक्ता शरदराज पाठकले बिहीबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

यदि उक्त भेट शिष्टाचार भेट हो भने प्रधानमन्त्री कार्यालयले स्पष्ट पार्नुपर्ने माग साझा पार्टीले गरेको छ । यस्ता गतिविधिले देशको शिष्टाचार र कूटनीतिक क्षेत्रमा ठूलो आँच पुग्ने ठहर विज्ञप्तिमा उल्लेख गरिएको छ ।