मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ५ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक ५ बुधबार १८:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एपिएफको इन्टेलिजेन्स ब्युरोद्वारा लागुऔषधसहित ललितपुरबाट चारजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक ५ बुधबार १८:३४:oo

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले लागुऔषधसहित ललितपुरबाट चारजनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका– १५ हात्तीवन चोकबाट विभिन्न किसिमका लागुऔषधसहित कारोबारीलाई पक्राउ गरेको हो । 

दुई केजी पोलेन तथा ५० सेट नोफिन र डाइजेपाम बरामद गरेको हो । लागुऔषधसहित पक्राउ पर्नेमा धादिङका मनीष मगर, मकवानपुरका सविन आलेमगर, तनहुँका अजितकुमार श्रेष्ठ र काठमाडौंका राजकुमार रोका छन् । उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।