१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पिचरोडमा टिकटक र सेल्फी खिच्नेको भिड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५१:oo

स्वदेश तथा विदेशका विभिन्न स्थलहरूमा सेल्फी लिन तथा टिकटक र अन्य सामाजिक सञ्जालमा पोस्ट गर्न फोटो तथा भिजुअल खिच्नेहरूको भिड लाग्ने गरेको यहाँहरूले सुन्दै आउनुभएको होला । 

पछिल्लो समययता, यस्तै मोरङको एक जंगलबाट गुज्रने सडकमा भिड देखिन थालेको छ । 

कालोपत्रे गरिएको सडकमा सामाजिक सञ्जाल प्रयोगकर्ताको भिड लागेको छ भन्दा अचम्म लाग्न सक्छ । तर, यस्तै भएको छ– पथरी शनिश्चरे नगरपालिका वडा नम्बर २ मा केही महिनाअघि कालोपत्रे गरिएको सडकमा दैनिक ठूलो भिड लाग्ने गरेको छ । 

दैनिक दुई हजारभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भिड लाग्ने गरेको छ ।

पूर्व–पश्चिम राजमार्गको सुनझोडा पुल पश्चिमपट्टिबाट दक्षिणतर्फ लाग्ने ११ सय मिटर लामो कालोपत्रे सडक टिकटक र सेल्फी खिच्ने रोडका रूपमा परिणत भएको छ । 

हालै ४७ लाख रुपैयाँ खर्चेर उक्त सडक कालोपत्र गरिएको थियो ।

सडक कालोपत्रे बनेपछि दुर्घटना न्यूनीकरण गर्न चौतारी सामुदायिक वनले सेतो कमेरोले रूखको फेदमा पोतेको थियो । 

‘त्यही सुक्न नपाउँदै सेल्फी खिच्ने र टिकटक बनाउनेको भिड लाग्न थाल्यो,’ पथरी शनिश्चरे– २ का वडासदस्य पर्शुराम न्यौपानेले भने, ‘अहिले दैनिक दुई हजारभन्दा बढी आउने गरेका छन् ।’ 

पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेहरू पनि केही समय गाडी रोकेर सेल्फी खिचेर मात्रै जाने गरेका छन् । 

टाडाटाढादेखि टिकटक बनाउने तथा म्युजिक भिडियो बनाउनेहरूसमेत आउने गरेको स्थानीय युवा ईश्वर दुलालले बताए । 

सालको जंगलभित्र रहेको एकनासका बिरुवाको फेदमा सेतो कमेरो  लगाएर बस्नका लागि फलैँचा निर्माण भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताको भिड बढेको उनले बताए । 

सर्वसाधारण मात्र होइन, स्थानीय जनप्रतिनिधि, दलका नेता र कलाकारहरू पनि फोटो खिच्न त्यहाँ पुग्ने गरेका छन् ।

सडकमा सेल्फी खिच्नेको भिड बढेपछि पथरी बजारका कुल्फी, आइसक्रिम र चटपटे व्यापारीहरूले सेल्फीरोडतिर पसल थाप्न थालेका छन् । यसबाट राम्रो फाइदा हुने गरेको व्यापारीहरू बताउँछन् । 

एकाएक सेल्फीरोड चर्चामा आएपछि पथरीशनिश्चरे– २ ले रोडको दुवैतर्फ बस्ने बेञ्च राखेको छ भने फाेहोरमैला व्यवस्थापनका लागि डस्टविन राखिएको छ । 

पछिल्लो समय यो रोड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

ad
ad