१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ असोज २६ सोमबार १९:४९:००
Read Time : > 2 मिनेट
खेलकुद

क्ले कोर्टका बादशाह राफेल नाडाल

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ असोज २६ सोमबार १९:४९:००

क्ले कोर्टमा खेलिने एक मात्र ग्रान्डस्लाम फ्रेन्च ओपनमा राफेल नाडाललाई हराउन सक्ने खेलाडी को बन्ला ? १५ बर्षखि यो प्रश्न सिर्फ प्रश्न मै सिमित भएको छ । 
हुनत नाडाललाई नोभाक जोकोभिक तथा रोजर फेडेररले चुनौती नदिएको भने होइन । तर जब फ्रेन्च ओपनको कुरा आउँछ, त्यसबेला नाडाल सधै अपराजित रहन्छन् । जति राम्रा खेलाडी भए पनि नाडालले सहजै पराजित गर्छन । 

नाडालले बर्षौदेखिको अपारजित यात्रा आइतबार पनि कायम नै राखे । फ्रेन्च ओपनको पुरुषतर्फको उपाधि भिडन्तमा नाडालले विश्व एक नम्बर खेलाडी जोकोभिकविरुद्ध प्रतिस्पर्धा गरेका थिए । यो सिजनमा जोकोभिकको प्रदर्शन गज्जवकै थियो । उनले सहभागिता जनाएको सबै प्रतियोगितामा शतप्रतिसत नतिजा निकालेका थिए । यो बर्ष उनले चार प्रमुख उपाधि जितेका छन् । उत्कृष्ट फर्ममा रहेका जोकोभिकले संभवत नाडालविरुद्ध फ्रेन्च ओपनको फाइनलसम्मै चुनौती दिने दर्शकको अनुमान थियो । तर नाडालले सबै अस्त्र निस्तेज पारे । उनले १३औँपटक उपाधि जिते । 

यदि यो उपाधि जोकोभिकले हात पारेको भएन १८औँ ग्रान्डस्लाम जित्ने थिए । साथै ५० बर्षको इतिहासमा चार वटै ग्रान्डस्लाम दुई–दुईपटक जित्ने उनी तेस्रो खेलाडी बन्ने थिए । उपाधि रक्षा गरेका नाडालले विश्व टेनिसमा स्विस खेलाडी फेडेररले राखेको २० वटा ग्रान्डस्लाम उपाधिको कीर्तिमान बराबरी गरेका छन् । पेरिस आउनुअघि नाडालसँग १९ ग्रान्डस्लाम उपाधि थियो । 

जेकोभिक ग्रान्डस्लाम उपाधिमा नाडालभन्दा तीन संख्या पछि
रोनाल्ड गोरोसमा दोस्रो वरियताका नाडालले इतिहास रच्दा जोकोभिकलाई ६–०, ६–२ र ७–५ को सीधा सेटमा हराए । अहिलेसम्म एकवटा ग्रान्डस्लाम १० भन्दामाथि जित्ने नाडालमात्र हुन् । ३४ बर्षीय नाडालले कोर्टको सबै कुनामा जोकोभिकलाई निरास पारे ।

नाडालले जोकोभिकलाई ग्रान्डस्लाम उपाधिमा तीन संख्याले पछि पारेका छन् । प्रतियोगितामा एकवटा पनि सेट नगुमाइकन नाडालले चौथोपटक फ्रेन्च ओपन ट्रफी उचालेका हुन् । उनले यो सफलता चुम्न केवल दुई घन्टा १४ मिनेटमात्र लगाएका थिए । तेस्रो सेटको १२औँ खेलमा प्राप्त एक वटामात्र म्याचप्वाइन्टलाई नाडालले ऐसका रुपमा प्रहार गर्दा जोकोभिकको १८औँ ग्रान्डस्लाम जित्ने सपना तुहिएको थियो ।

रोनाल्ड गोरोसमा उपाधि उचाल्दा फरक अनुभव हुने नाडाल बताउँछन् । ‘यहाँ उपाधि उचाल्नुको अर्थ धेरै छ,’ फ्रेन्च ओपनमा सय खेल जित्ने पहिलो खेलाडी बनेका नाडालले भने । पछिल्लो १५ बर्षयता ग्रान्डस्लाममा तीन खेलाडीबीच मात्र उपाधिको जुहारी चलिरहेको छ । ग्रान्डस्लाम कसले जित्ने भन्ने होडबाजीमा फेडेरर, नाडाल तथा जोकोभिकबीच अक्सर चल्ने गरेका छन् ।

कीर्तिमान बराबरी गरेकोमा फेडेररद्वारा बधाई
कोर्टमा यी तीन खेलाडी एक आपासमा भिड्दा जति आक्रामक हुन्छन् कोर्ट बाहिर उनीहरू असाध्यै मिल्ने मित्र हुन् । उनीहरू कहिले पनि एक अर्काको कुरा काट्दैनन् । नाडालले फेडेररको कीर्तिमान बारे कहिले नसोचेको बताएका छन् । उनी भन्छन्, ‘इमान्दापूर्वक भन्दा मैले साथी फेडेररको २० ग्रान्डस्लाम बराबरी गर्ने र नजिक पुग्ने कहिले पनि सोचेकै थिएन । मेरो नजर केवल रोनाल्ड गोरोसमा जित निकाल्ने मात्र थियो ।’ आफ्नो कीर्तिमान बराबरी भएपछि फेडेररले तत्कालै नाडाललाई बधाई दिँदै टिवट गरेका छन् । ‘बधाई छ मेरो प्रिय साथी आज २०औँ ग्रान्डस्लाम पनि जित्नु भयो, टेनिसमा हामीहरूको मित्रता र सद्भावका कारण नै ग्रान्डस्लाले एउटा उचाई लिएको छ ।’  टेनिस कोर्टमा विताएको क्षण मध्ये फ्रेन्च ओपनमा असाध्यै मिहिनेत गरेको नाडालको भनाई छ । फ्रेन्च ओपनमा सहभागिता जनाउँदा फरक किसिमको शक्ति प्राप्त हुने उनले बताए । सन् २००५ मा नाडालले पहिलोपटक फ्रेन्च ओपन उपाधि जितेका थिए । यो १५ बर्षभित्र उनी दुईपटक मात्र उपाधि उचाल्न चुके । 

यो बर्ष कोरोना भाइरसका कारण नाडालले फ्रेन्च ओपनमा भाग लिने वा नलिने संका थियो । नाडालले अन्तिम समयमा सहभागी हुने घोषणा गरे । जुनमा हुनु पर्ने फ्रेन्च ओपन अक्टोबरमा भएको थियो । यो समयमा पेरिसमा असाध्यै चिसो हुने गर्छ । 

जोकोभिक भन्छन् ‘नाडाल क्ले कोर्टका बादशाह हुन’
खेलपछि जोकोभिक नाडालको प्रसंसा नगरी बस्न सकेनन् । उपविजेताको ट्रफी चुम्दै जोकोभिक भन्छन्, ‘हामीले पहिला देखि नै मान्दै आइरहेका थियौँ, नाडाल क्ले कोर्टकै बादशाह हुन् । जब उनी यहाँ आउँछन, त्यो बेला सबै पाखा लाग्छन्, मैंले आज यहाँ एक फरक अनुभव गरे ।’ दुई सेटले पछि परेपछि जोकोभिकले तेस्रो सेटमा नाडाललाई चुनौती दिए ।
फाइनलमा कमजोर प्रदर्शन हुँदा जोकोभिक दुःखी छन् । ‘म यो प्रदर्शनबाट खुसी हुन सक्दिन, यद्यपि मैले नराम्रो खेलेको होइन तर म भन्दा अगाडि उत्कृष्ट खेलाडी भएकाले मेरो खेल फिका देखियो,’ जोकोभिकले भने ।