मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २३ शुक्रबार १८:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बसभित्र सामूहिक बलात्कार, मुख्य नाइके समातिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २३ शुक्रबार १८:४६:००

लठ्याउने औषधि खुवाएर किशोरीलाई बसभित्र सामूहिक बलात्कार गर्ने घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । भक्तपुर प्रहरीले फरार रहेका दीपेश राईलाई बिहीबार पक्राउ गरेको हो ।

गत १६ असोजमा एक १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी थिइन् । राईले उनलाई रत्नपार्कबाट बा.३ख २६१२ नम्बरको बसमा चढाई लठ्याउने औषधि खुवाएर भक्तपुर पुऱ्याएका थिए । 

सुरुमा राईले त्यसपछि नीरबहादुर खड्का र सूर्य श्रेष्ठले भक्तपुरको सूर्यविनायकमा बसभित्रै उनीमाथि बलात्कार गरेका थिए । 

खड्का र श्रेष्ठलाई १७ असोजमै प्रहरीले पक्राउ गरेकोमा राई फरार थिए । उनलाई झापाबाट पक्राउ गरी ल्याइएको भक्तपुर प्रहरीकी एसपी तारादेवी थापाले बताइन् ।