मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २२ बिहीबार २१:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्कका शिक्षामन्त्रीस्तरीय भर्चुअल बैठकमा कोभिडले शिक्षामा पारेको प्रभावबारे अनुभव आदानप्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २२ बिहीबार २१:२४:००

सार्कका शिक्षामन्त्रीस्तरीय अर्चुअल बैठकमा कोभिड–१९ ले शिक्षामा पारेको प्रभावका विषयमा नयाँ अभ्यास र अनुभव आदानप्रदान भएकाे छ । नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजना गरेको सार्क शिक्षामन्त्रीस्तरीय भर्चुअल बैठकमा सबै सदस्य राष्ट्रहरूको सहभागिता रहेको थियो । 

बैठकमा दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनर्संञ्चालन,  शैक्षिक सत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विषयमा छलफल भएको थियो । त्यसैगरी शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको थियो । 

सार्क मन्त्रीस्तरीय छलफलमा कोभिड– १९ लगायतका सबै प्रकारका महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने तथा सार्क सदस्य राष्ट्रहरूबाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकासजस्ता कार्यहरूमा सहकार्य गर्न सकिने धारणा व्यक्त भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । 

नेपालको शैक्षिक अवस्था र प्रयासहरूबारे गोपीनाथ मैनालीले प्रस्तुत गरेका थिए । बैठकको अध्यक्षता गरेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्नपर्ने चुनौतीको सामना गर्न यसप्रकारको बैठकले क्षेत्रीयस्तरमा सामूहिक तत्परताको विकास हुनुपर्ने बताए ।