१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लमजुङमा कर कार्यालय स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४४:oo

लमजुङका नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । आन्तरिक राजस्व विभागअन्तर्गत आन्तरिक राजस्व कार्यालय दमौलीले लमजुङमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता हटेको हो । 

सदरमुकाम बेसीसहर नगरपालिका– ८ भीमसेनस्थानमा कार्यालय स्थापना गरिएको छ । बिहीबारबाट सेवा सुरु गरिएको कार्यालयमा पहिलो सेवाग्राही दूधपोखरी गाउँपालिका– २ का अनिल दवाडीलाई व्यक्तिगत स्थायी लेखा नम्बर दिएर सेवा शुभारम्भ गरिएको कार्यालय प्रमुख कर अधिकृत सुशील लम्सालले बताए । उनका अनुसार अब लमजुङ र मनाङका सेवाग्राहीले बेसीसहरबाटै करसम्बन्धी सेवा लिन पाउनेछन् । 

व्यक्तिगत प्यान, प्यान दर्ता, नवीकरण, खारेजी, आय–व्यय विवरण, कर दाखिलालगायतका सेवा लिन पाउने गरी व्यवस्था मिलाइएको कार्यालय प्रमुख लम्सालले बताए । 

यसअघि मनाङका सेवाग्राहीलाई कम्तीमा तीन दिन लगाएर तनहुँ र पोखरा गएर सेवा लिनुपर्थ्याे । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले लमजुङमा कार्यालय सञ्चालनमा आएकाले धेरै सहज हुने बताए । 

लमजुङका आठ हजार दुई सय ९० र मनाङमा पाँच सय ९७ करदाता रहेको कार्यालय प्रमुख लम्सालले बताए । कार्यालय स्थापनापछि करको दायरा बढ्ने र धेरैजना करमा आबद्ध हुने बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । जिल्लामै करसम्बन्धी काम हुने भएपछि आफूलाई एकदमै खुसी लागेको दोर्दी गाउँपालिकाका ईश्वरीप्रसाद लामिछानेले बताए । कार्यालयमा सेवा लिन आएका उनले भने, ‘पहिले जिल्लाबाहिर जाँदा धेरै दु?ख पाए अहिले जिल्लामा सेवा पाउँदा धेरै खुसी लागेको छ ।’ 

ad
ad