Skip This
शे–फोक्सुन्डाे निकुञ्जले ड्रोनबाट गस्ती गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १२:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शे–फोक्सुन्डाे निकुञ्जले ड्रोनबाट गस्ती गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:१६:oo

डोल्पामा रहेको शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्जले चोरी सिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ ।

हिउँदको समयमा हुने चोरी सिकारी रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करहरूको निगरानी राख्ने भएको हो ।

नेपालकै गहिरो ताल फोक्सुन्डाेमा आयोजित सोह्राैँ जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ ।

बैठकबाट हिउँदको समयमा चिसो हुने हुँदा पोस्टहरू गाभिने भएकाले ड्रोन प्रविधिबाट अनुगमन गर्ने, निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको गुल्ममा थप सुरक्षा बल माग गर्ने, यार्सागुम्बा संकलनमा निर्देशिका सच्याउन केन्द्रमा पहल गर्ने, वन्यजन्तु अपराध नियन्त्रण इकाइको संयन्त्रलाई संघीयताअनुसारको बनाउन राष्ट्रिय निकुञ्ज विभागमा लेखी पठाउनेलगायतका निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

हिउँदको समयमा स्थानीयहरूसमेत करिब ६ महिनाका लागि पशु चौपायासहित चिसो छल्न बेसी झर्ने भएकाले यस समयमा तस्करहरूको बिगबिगी हुने हुँदा आधुनिक प्रविधिबाट गस्ती सुरु गरिने उनको भनाइ छ ।

नेपालमै पहिलोपटक तीन हजार ६ सय मिटर उचाइमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठक बसेको पौडेलले दाबी गरे ।

ad
ad