१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २१ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २१ बुधबार o५:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाले १ रुपैयाँमा नै मोटरसाइकल दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २१ बुधबार o५:५५:oo

 नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँलाई लक्षित गरी ‘हरएक नेपालीलाई १ रुपैयाँमा होन्डा’ नामक योजना ल्याएको छ । कम्पनीले कोभिड– १९ का कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा पनि दसैँका अवसरमा नेपालीहरूमाझ खुसी साट्ने उद्देश्यले योजना ल्याएको हो । 

योजना अविधिभर ग्राहकले होन्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउन पेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्याकार इन्भेस्टमेन्ट भएका स्थानहरूमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकले नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरूसमेत प्राप्त गर्न सक्ने जनाइएको छ । योजनाअन्तर्गत खरिदकर्ताले होन्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङका साथै ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।