१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १९ सोमबार
  • Saturday, 21 September, 2024
२o७७ असोज १९ सोमबार १o:१७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धरानमा कोरोना संक्रमितको पुरुषकाे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १९ सोमबार १o:१७:oo

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड– १९ अस्पतालमा उपचाररत ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ । 

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान– १५ घर भएका उनको बिहान ६ः४५ बजे मृत्यु भएको हो । मिर्गाैलाका बिरामी उनलाई गत १६ असोजमा कोरोना अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन स्वाब परीक्षण गर्दा उनकाे कोरोना रिपाेर्ट पोजेटिभ देखिएकाे सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । संक्रमणबाट धरान उपमहानगर– १५ का मात्र चारजनाको ज्यान गएको छ । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।