१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o५:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:१५:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरेपछि सम्झौता लागू भएको हो ।  

सम्झौताअनुसार नेपाल घरेलु तथा साना उद्योग महासंघमा आबद्ध रहेका उद्यमीलाई महासंघले परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्था गर्ने जनाइएको छ । तालिमप्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने र बैंकले नियमानुसार उद्यमीलाई सहुलियतपूर्ण कर्जा लगानी गर्ने जनाइएको छ । 

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्नुका साथै रोजगारी सिर्जनासमेत हुने बताए ।

बैंकका ७ प्रदेश ७७ जिल्लामा रहेका २ सय ४१ शाखा कार्यालयबाट यो कर्जा लिन सकिने उनले जानकारी दिए । घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले बैंकसँगको सहकार्यले घरेलु तथा साना उद्यमीहरूको वित्तीय पहुँचमा थप सघाउ पुग्ने बताए ।

महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिसबमोजिम लगानी भएको कर्जामा संस्थागत जमानतसमेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने जनाइएको छ । 

ad
ad