मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १३ मंगलबार ०८:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ असोज १३ मंगलबार ०८:२८:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मोरङको सुनबर्सी नगरपालिका– ७ की ६८ वर्षीया महिलाको भेन्टिलेटरमा राखेर उपचारको क्रममा  मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।  

ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले असोज १० गते प्रतिष्ठानमा रेफर गरेको थियो । मिर्गाेला रोगी ती महिलाको नियमित डाइलाइसिस भइरहेको थियो ।  

उनलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । सोमबार पनि धरान– २ की ३८ वर्षीया एक महिलाको प्रतिष्ठानमा मृत्यु भएको थियो ।